पत्रकार सुर्य थापालाई यस बर्षको कृष्णसेन स्मृति पत्रकारीता पुरस्कार प्रदान

 

चितवन जेठ १३ । नेपाल कम्युनिष्ट पाटी नेकपा का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकताप्रति अव संस्थागत समस्या नभएको स्पष्ट पार्नुभएको छ ।
कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा सोमबार नेकपा कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उहाले पार्टी एकतालाई जनताले नै स्वीकार गरिरहेको भन्दै अव एकताप्रति कुनै समस्या नरहेको बताउनुभएको हो । प्रचण्डले पार्टीलाई सशक्त रुपमा अघि बढाउन दुई अध्यक्षबीच निरन्तर छलफलमा भइरहेको बताउनुभयो । प्रचण्डले एकता दुरगामी महत्वको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिघटना भएको र यो दुरगामी महत्वको राजनीतिक पहलकदमी गरेको जिकिर गर्नुभयो । उहाले बिना बिचार पार्टी एकता नगरिएको पनि स्पष्ट पार्नुभयो । त्यस्तै उहाले जनताको माग र अधिकारलाई ध्यान राख्दै संविधानलाई आवश्यक संशोधन र परिमार्जन गर्न सकिने बताउनुभयो । उहाले संविधानले नै प्रेस स्वतन्त्रताको बिषयलाई प्राथमिकतालाई राखेको भन्दै संविधानको मर्म र भावनाविपरित ऐन र कानून नवनाइने उल्लेख गर्नुभयो ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सवै क्षेत्रको परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । जनताको अभिमतमाथि निरन्तर पूर्वाग्रह राखेर एनजिओ र आइएनजिओबाट परिचालित भएर भएर निरन्तर अपमान गर्नु लोकतन्त्रमाथि खडा गरेको चूनौती भएको उहाले बताउनुभयो ।
कार्यक्रममा यस बर्षको कृष्णसेन स्मृति पत्रकारीता पुरस्कार सुर्य थापालाई प्रदान गरियो । त्यस्तै शक्ति लम्साल र तारा न्यौपाने सम्झनामा स्थापना गरिएको शक्ति तारा स्मृति पुरस्कार चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ५० हजार रहेको छ ।