सामुदायिक वनहरु मौरीका घारहरुले भरीभराउ

चितवन जेठ १३। चितवनका सामुदायिक वनहरु यतिबेला मौरीका घारहरुले भरीभराउ देखिएका छन् । रुख विरुवाहरुमा फुलफुल्ने सिजन भएकोले मौरीलाई फुलको रस चुसाउन किसानहरुले मौरीका घार सामुदायिक वनहरुमा ल्याएका हुन् ।
विगतका वर्षहरुमा पनि किसानले मौरीका घारहरु सामुदायिक वनमा ल्याउने गरेका थिए ।
तुलनात्मक रुपमा यसवर्ष सामुदायिक वनमा मौरीका घारहरु बढेको पाईएको छ ।  कालिका नगरपालिका वडा नं १ मा रहेको चतुर्मुखी सामुदायिक वनमा यतिबेला करीब ६० जना किसानहरुको ८ सय मौरीका घार रहेको वनका अध्यक्ष सरोज गुरुड्डले जानकारी दिए ।
चितवनका पहाडि जिल्लाहरु काउले, सिद्धि, कोराक, चण्डिभञ्ज्याड्ड लगाएत अन्य स्थानहरुबाट मौरीका घारहरु सामुदायिक वनमा ल्याइएको अध्यक्ष गुरुड्डले बताए ।

सामुदायिक वनहरुको व्यवस्थापन र स्तरीकरणले गर्दा वन संरक्षित भएकोले मौरीका आगि आहार पर्याप्त भएको उनले बताए ।
वन स्तरीकरणले गर्दा विगतका वर्षको तुलनामा यस वर्ष मौरीका लागि आहार प्रशस्त भएकोले यसपटक मौरीपालक किसानहरुको आकर्षण बढेको अध्यक्ष गुरुड्डले बताए ।

वन संरक्षणले मौरीको लागि आहारसंगै वासस्थान पनि सुरक्षित भएको किसानहरुले बताएका छन् ।  कालिका नगरपालिका १० सिद्धीका मौरीपालक किसान जनक बहादुर लामाले विगतको तुलनामा यस वर्ष मह उत्पादन समेत बढ्ने बताए । यसपटक पट्केको फुल मात्रै पनि मौरीहरुका लागि पर्याप्त हुने लामाले बताए ।