मलेसियामा १ नेपाली सहित १३ आप्रवासी कामदार पक्राउ

एजेन्सी, १३ जेठ । मलेसियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा १ नेपालीसहित १३ जना आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाको अध्यागमन प्रहरीले बुकित विन्ताङ, बुकित जलिल, केपोङ लगायतका ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा १ नेपाली, ४ जना नाइजेरियाली, १ तान्जानियाली, ३ जना बंगालीदेशी तथा २ जना सुडानी रहेको अध्यागमन प्रहरीले जनाएको छ ।

यस्तै गुयनामा २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विदेशी रोजगारीका लागि मलेसिया आइ श्रम अवधि सकिए पनि स्वदेश नफर्कि काम गरेका परेका छन् ।