चौकीमा प्रहरी नै भएपछि आक्रमण गर्ने विप्लवको प्रयास असफल

काठमाण्डौं, २० जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी९विप्लव समूह० को प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएको छ ।

आइतवार राति सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमण गर्न गएका विप्लवका कार्यकर्ता चौकीमा प्रहरी नभएपछि त्यतिकै फर्किएका थिए ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकीमा प्रहरी नै नभएपछि आक्रमण नगरि फर्किएका स्रोतले जानकारी दियो ।

‘राति विप्लव समूहले चौकीमा आक्रमण गर्दैछ भन्ने सूचना पाएपछि प्रहरी चौकी छोडेर हिँडेको थियो’ स्रोतले भन्यो,‘चौकी रित्तै फेला परेपछि विप्लवका कार्यकर्ता यसै फर्किए ।’

विप्लवले चौकी हान्ने सूचना पाएपछि हतियारसहित प्रहरी अन्यत्रै सरेको उच्च सूरक्षा स्रोतले जानकारी दियो । तर सोलुखम्बु प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मा पौडेललाई सम्पर्क गर्दा भने उनले यसबारेमा प्रतिक्रिया दिन चाहेनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने आफूलाई यस विषयमा थाहा नभएको र अब बुझ्ने प्रतिक्रिया दिए ।