१ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गरिने

काठमाण्डौं, २३ जेठ । देशभरका १ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने भएको छ । दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहहरुमा उक्त कार्यक्रम संचालन गर्न लागेको हो ।

सो कार्यक्रम संचालनको लागी ग्रामिण दूरसञ्चार कोष अन्तर्गतको रकम खर्च गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले केन्द्र स्थापनाका लागी परेका आवेदनबाट १२४ स्थानीयतह छनौट समेत गरिसकेको छ ।

सूचना प्रविधि केन्द्र स्थापनाका लागी छनोट भएका स्थानीयतहले प्राधिकरणसँग सम्झौता समेत गर्नुपर्ने छ । यसका लागि सम्बन्धीत स्थानीय तहहरुले प्राधिकरणको वेबसाइटमा रहेको फारम भरी ईमेल मार्फत पठाउनुपर्ने हुन्छ ।

छनौट भएका स्थानीय तहहरुमा सुविधा सम्पन्न सूचना प्रविधि केन्द्र स्थापना हुनेछ ।

उक्त प्रविधि केन्द्रमा एक थान ल्यापटप, ३ थान डेक्सटप, ९फोटोकपी, प्रिन्टर,स्क्यानर०एक थान, प्रोजेक्टर ,साउन्डसिस्टम, ब्याकप, वायरलेस राउटरजस्ता सामग्री प्रधिकरणले जडान गरिदिने भएको छ । बिजुलीको व्यवस्था नभएको ठाउँमा सोलार पनि जडान गरिदिने प्राधिकरणले जनाएको छ ।