मलेसियामा कार्यक्रमस्थलबाटै नेपाली कलाकार पक्राउ

काठमाडौं, २३ जेठ । मलेसियामा नेपाली कलाकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको लागि मलेसियाको मलाक्का पुगेका केही कलाकारलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको मलेसियामै रहेका गायक राजेश पायल राईले पुष्टि गर्नुभयो ।

कलाकारहरुलाई के कारणले पक्राउ गरियो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । कलारहरुलाई छुटाउनको लागि गायक राजेश पायल राईले मलेसियाका लागि नेपाली दुतावासमा समन्वय गर्न लाग्नुभएको छ ।

पक्राउ पर्नेहरुमा दुई नवगायिका सहित अन्य केही कलाकार रहेको अपुष्ट जानकारी छ ।