क्रान्तिकारी लेखक न्यौपानेको “सङ्घर्षको इतिहास” माथि विमर्श

चितवन जेष्ठ २५, । क्रान्तिकारी लेखक लेखनाथ न्यौपानेको दशौं कृति “सङ्घर्षको इतिहास” माथि विमर्श गरिएको छ ।
प्रगतिशिल लेखक संघ चितवन र मन्थन चितवनको संयुक्त आयोजनामा आज भएको विमर्श कार्यक्रममा समिक्षक रमाकान्त सापकोटा र बन्धु विक्रम क्षेत्रीले सहजिकरण गर्नु भएको थियो ।

युद्धकालमा जन्मिएका कार्यकर्तालाई लक्षित गरेर तयार पारिएको यो कृतिले कम्युनिष्ट जनयुद्धको इतिहासलाई समेट्ेने प्रयत्न गरेकोे छ ।
कृति आधारभुत तहमा काम गर्ने पार्टीका कार्यकर्ताहरु, क्याम्पस पढ्दै गरेका विद्यार्थी र सङ्गठित भएका कारखानाका मजदुरहरुका लागि आकर्षक रहेको समिक्षकले दावि गर्नु भएको थियो ।

कार्ल माक्र्सवादको सन्देश र उद्देश्य विकास र कम्युनिष्ट धारणा उत्पतिको इतिहास बोकेको सङ्र्घसले गुणत्मक राजनीतिक कार्यकर्ता उत्पादनमा मात्रात्मक योगदान पु¥याउने लेखक न्यौपानेले आशा राख्नु भएको छ ।
दुई कार्यकाल अखिल क्रान्तिकारी का अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य रहेका न्यौपाने हाल नेकपाको केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेको छन् ।

प्रतिबन्धित कलम, शैक्षिक हडताल, अखिल ज्ञान, तिमी अमर भयौ, शिक्षा र राजनीति, चिठ्ठीमा जनयुद्ध लगाएतको ९ वटा क्रान्तिकारी कृति प्रकाशन गरिसकेका न्यौपानेको यो दशैं कृति हो । ३ सय ९३ पानामा समाहित “सङ्घर्षको इतिहासमा” समाजवाद, राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्र र नेपाली विद्यार्थी आन्दोलन विषयवस्तु समाबेस गरिएको छ ।

कार्यक्रममा प्रदेश सासद कञ्चन खनाल, प्यानलिस्ट काशीनाथ अधिकारी, प्रगतिशिल लेखक संघका अध्यक्ष विपिन पाठक लगाएतको उपस्थिति रहेको थियो ।