ब्राह्मण समाजका केन्द्रिय समितिको वैठक विभिन्न निर्णय गर्दै सम्पन्न

चितवन २५ जेठ । ब्राह्मण समाजको केन्द्रिय समितिको वैठक आज चितवनको बिरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
वैठकले विभिन्न चार ओटो निर्णय गर्दै सम्पन्न भएको केन्द्रिय अध्यक्ष मिलन दिप पौडेलले जानकारी दिनु भएको छ । समाजले सदस्यहरुको लागि व्याज र कोड तयार पार्न सन्तोष तिवारीको संयोजनमा एक उप समिति निमार्ण गरेको छ । त्यस्तै समाजका सदस्यहरु बिच फुटसल खेल खेलाउने निर्णय गरेको छ । त्यस्तै गरि साउन महिना भित्र स्वास्थ्य शिविर राख्ने र एक कार्यक्रममा संयोजक भएको व्यक्ति अर्को पटक संयोजक वन्न नपाउने निर्णय गरेको समाजका अध्यक्ष मिलन दिप पौडेलले जानकारी दिनु भएको छ । वैठक पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।