क्यान्सर पिडित गिरिराजलाई उपचार खर्च अभाव, रुपाकोट सेवा समाज (जापान-गुल्मी)द्वारा सहयोग

काठमाडौँ, २५ जेठ । गुल्मीका समाजसेवी क्यान्सर पिडित गिरीराज भण्डारीलाई उपचार सहयोग प्रदान गरिएको छ ।

विगत लामो समयदेखि समाजिक सेवा सक्रिय भण्डारी क्यान्सरका थला परेपछि गुल्मीवासीहरुकै सक्रियता सहयोग प्रदान कार्य तीव्र परिएको छ ।

सामाजिक कार्यको लागि सधै तत्पर, अध्ययनशील तथा निरन्तर खटिरहन सक्ने जाँगर, हक्की स्वभावका गिरिराज गएको मंसीरदेखि क्यान्सरबाट ग्रसीत छन् ।


भण्डारीले अहिले ओछ्यानबाट सबैलाई सहयोगको लागि अपिल गरिएको छ । जीवनका उर्जाशील समय सामाजिक कार्यमा खर्च गरेका भण्डारीलाई अहिले उपचारको लागि आर्थीक समस्या परेको छ ।

उनको उपचारको लागि सहयोगार्थ विभिन्न स्थानबाट सहयोग आउने क्रममा जारी छ । यसैविच आज रुपाकोट सेवा समाज जापानले ३ लाख ५३ हजार ७ सय ६५ सहयोग गरेको छ ।

उक्त रकम समाजका अध्यक्ष बिष्णु प्रसाद भण्डारी तथा समाजका संरक्षक बावुराम भण्डारीको विशेष सक्रियतामा जापानमा रहेका सहयोगी दाजुभाई, आफन्त, शुभचिन्तक तथा हितैसीबाट प्राप्त भएको रुपाकोट समाज गुल्मी काठमाण्डौँका कोषाध्यक्ष शंकर भण्डारीले जानकारी गराए ।


आज नै अमेरिका र सिंगापुरबाट प्राप्त सहयोग रकम सहित जम्मा ४ लाख १८ हजार ७ सय ६५ रुपैयाँ सहयोग रकम उनको सहयोगार्थ गठित सहयोग समन्वय समितिका संयोजक गोपाल गैह्रे तथा रुपाकोट समाज गुल्मी काठमाडौंका पदाधिकारीले उनको धर्मपत्नी बिमला भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।