भण्डारा प्रहरीका प्रमुख आचार्यको सक्रियतामा ९० किलो गाँजा वरामद

 

चितवन, २६ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा १२ परखाल भन्ने ठाउँमा चितवन प्रहरीले ९० किलो गाँजा वरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख (प्रहरी निरीक्षक) वसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले ९० किलो गाँजा वरामद गरेको हो ।

विशेष सुराकीका आधारमा प्रहरीले आफु सो ठाउँमा जादा सो परिमाण गाजा भेटेको भन्दै प्रमुख आचार्यले बरामद गरिएको गाजा ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको र गाजा बोक्नेहरुको खोजी कार्य भईरहेको जनाए।

यसैविच इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्कर विरुद्धको अभियानलाई जारी राखेको छ। गएको वैशाखदेखि आज सम्म विभिन्न समयमा ३ सय ५० केजी गाँजा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख आचार्यले जानकारी दिए ।
यसअघि राप्ती नगरपालिका वडा २ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्की भित्र लुकाइछिपाई राखेको अवस्थामा गाजा भेटिएको थियो।
प्रहरीको सक्रियता बढेपछि तस्कर गर्न नसकेपछि प्रहरी गाजा त्यसै छोडेर जाने गरेको बताए ।

आचार्यका अनुसार धादिङ र मकवानपुरको सीमाना पर्ने विकट बस्तीहरुमा लुकीछीपी गाजाँ खेती तथा तस्कर बढी हुन्छन् ।
विकट वस्तीका कारण प्रहरीको पहुँच कम हुने यस गाजाँ तस्करहरुले यस ठाउँमा गाजाा खेती गर्न लागउने गरेको निरिक्षक आचार्यको भनाई छ ।
प्रहरीले गाँजाहरु फडाँनी गर्ने लुकाईछिपाई राखेकोलाई खोजी गरि नष्ट गर्ने अभियानलाई तीब्रता दिएका छन् ।
पछिल्लो समय स्थानयि पनि खबर गरि प्रहरीलाई जानकारी दिने गरेका कारण अभियान सार्थक बन्दै गएको निरिक्षक भण्डारीले बताए ।