अर्किड कलेजका विद्यार्थी प्रदिप अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाडमा

चितवन, २७ जेठ । विज्ञान संकाय जिल्लामा नै अलग पहिचान दिन सफल अर्किड साइन्स कलेजले फेरि अर्को नयाँ रेर्कड कायम गर्न सफल भएको छ ।
कलेजका कक्षा १२ का छात्र प्रदिप शर्मा पौडेल अन्तर्राष्ट्रिय प्रतिस्पर्धा उत्तिर्णभएसगैँ कलेजको नयाँ रेर्कड कायम भएको हो ।
नेपालका भौतिक शास्त्रीहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संगठन नेपाल भौतिक विज्ञान समाजले हरेक वर्ष नेपाल फिजिक्स ओलम्पियाड प्रतियोगिता संचालन गरी सम्पूर्ण नेपालका +२ तहका विद्यार्थीहरुबाट ५ जना अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाड प्रतियोगिताका लागि सहभागी छनौट गर्दछ ।
यो प्रतियोगिता सन् १९६७ बाट शुरु भई हालसम्म निरन्तर चलिरहेको छ । यस छनौटमा इ.सं. २०१९ का लागि अर्किड साइन्स कलेजका कक्षा १२ का छात्र प्रदिप शर्मा पौडेल उत्तीर्ण हुन सफल भएका कलेजका प्रचार्य डा.खेम आचार्यले बताए ।
अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाड प्रतियोगिताका लागि पौडेल उत्तीर्ण भई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि इजरायलको तेल अविव जाने भएको कलेजका निर्देशक राजाराम आचार्यले जानकारी दिए ।
उनी यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि इजरायलको तेल अविवमा ७ जुलाई २०१९ देखि १५ जुलाई २०१९ सम्म हुने अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाडमा भाग लिनेछन । उक्त अ्न्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनलाई सफलता मिलोस भन्ने कलेजको विश्वास छ ।