रातोपाटी र ओम शर्मा टिमलाई बधाई

काठमाडौं, २७ जेठ । सहकर्मी डिजिटल पत्रिका www.ratopati.com (रातोपाटी डटकम) आज सातौँ वर्ष प्रवेश गरेको छ । यो अवसरमा यसका संस्थापक ओम शर्मासहित रातोपाटी परिवारलाई बधाई ज्ञापन गर्दछौँ ।

अनलाइन पत्रकारिताको एक दशक अभ्यासमा रातोपाटी वामनजरबाट समाजवाद उन्मुख राष्ट्र निर्माणमा आफ्ना तर्फबाट जनपक्षीय कलम चलाइरहेको छ । क्षणभरमै ताजा र जनमनले चाहेको सूचनालाई समाजवादी दृष्टिकोणबाट पस्कन सक्ने अनि ग्राउन्ड जिरोबाट रिपोर्ट प्रस्तुत गर्न सक्ने रातोपाटी डटकमलाई सौराहा अनलाईन, नमस्ते बिहानी साप्ताहिक पत्रिका, सौराहा अनलाईन टिभि सञ्चालक संस्था अग्रीम मिडिया नेटर्वक, ऊ राईजिगं मिडिया नेटर्वक लिमिटेडका तर्फबाट फेरि पनि बधाई ।,शुभकामना,शुभकमना