भ्याली स्टेट कलेजमा बजेट छलफल 

चितवन, २७ जेठ  । भरतपुर-९ स्थित भ्याली स्टेट कलेजमा आज एक बृहत् बजेट छलफल भएको छ। कलेजको ‘भी-टक कार्यक्रम’ अन्तर्गत बी. बी. ए. का विद्यार्थीहरु बीचमा उक्त कार्यक्रम भएको हो। कार्यक्रम अर्थविद् सह-प्राध्यापक सूर्यनारायण पौडेल र अर्थ विश्लेषक सि. ए. निशान पौडेलले नेपालको वार्षिक बजेट २०७६/७७ माथि बृहत् विश्लेषण गर्नुभएको थियो। प्राध्यापक पौडेलले विश्लेषण प्रस्तुतिमा बजेटको सकारात्मक तथा नकारात्मक प्रभाव सम्बन्धी विशेष चर्चा गर्नुभएको थियो। साथै सि. ए. निशान पौडेलले कर प्रणाली र बजेटको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने बारेमा सटिक विश्लेषण गर्नु भएको थियो। उक्त कार्यक्रममा बी. बी. ए. दोश्रो सेमेष्टरका विद्यार्थीहरुले पनि बजेट सम्बन्धी प्रस्तुति दिएका थिए। कलेजका निर्देशक बाबुराम खनालले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कलेजमा ‘भी-टक कार्यक्रम’ अन्तर्गत विविध विषयमा बहस र विश्लेषण गर्ने गरिएको खनालले बताउनुभयो।