चुनावी बाँचा पुरा गर्दै मेयर वन,गरिबको घरमा टिनको छाना

चितवन २८ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगरलाई खरको छानो मुक्त बनाउन नगर भित्रका विपन्न समुदायलाई जस्तापाता वितरण सुरु गरेको छ । आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य नगरवासीहरुलाई नगरपालिकाले निशुल्क जस्तापाता वितरण सुरु गरेको हो । चुनावमा नगरवासीसंग गरेको बाँचा पुरा गर्ने क्रममा मेयर नारायण वनले गरिवलाई टिनको छाना दिएका हुन । नगर भित्र रहेका १६ वटै वडाका खरको छाना भएका बिपन्नहरु लाई जस्ता पाता सहयोग गरेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए । हामी खुसी बाढ्दै छौं उनले भने त्यसका लागि जस्ता वितरण सुरु गरेका हौं । नगर भित्र २ सय ७५ घरको छाना खरको रहेको उनले बताए । यस बर्ष १ सय ४७ घरलाई जस्ता पाता वितरण गरिने र बाकी १ सय २८ घरलाई आगामी बर्ष वितरण गरिने उनले जानकारी दिए । सो जस्ता पाता वितरण गर्न यस बर्ष करिब २४ लाख रुपैयाँ खर्च हुने उनले बताए । मंगलवार नगरपालिकाले वडा नंं १४ लौरिघोल सुकुम्बासी बस्ती कि सरिता सुनार र वडा नंं १६ खैरेटीका बुद्धबहादुर कुमालको घरमै पुगि सहयोग गरेको थियो । कार्यक्रममा रत्ननगरका मेयर नारायण वन, प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,वडा अध्यक्षहरु बलराम दाहाल, हेमराज थापा, नोद बस्नेत,नगरपालिकाका प्रबक्ता राजेन्द्र हमाल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगायतको सहभागिता रहेको थियो । नगरपालिकाले बिपन्न बस्तीमा सौचालय नभएका नगरबासी सबैलाई सौचालय बनाउन आबश्यक सामाग्री निशुल्क उपलब्ध गराउने योजना रहेको मेयर वनले बताए । साथै उनले गरिबिका कारण बालश्रममा रहेका परिवारका लागि आयआर्जनका लागि बाख्रा वितरण र बालबालिका हरुलाई पढ्ने ब्यबस्था समेत मिलाइएको उनले जानकारी दिए ।