विद्यालय बन्द गरेर विहेको भोज

काठमाडौं, जेठ २९ । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो ।

त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाखा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय निगौलामा दिनभर भोज चल्यो । पढाइ भएन । स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थियो ।

विवाह थियो–संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको ।
पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि, नेता, कार्यकर्ता, गाउँले, प्रहरी, प्रशासन आमन्त्रित थिए ।

गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो ।, अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।