विश्वका धनी खेलाडीकाे सूची सार्वजनिकः काेहली एक सय नम्बरमा, एक नम्बरमा काे ?

चितवन, २९ जेठ । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली संसारकै सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा सामेल भएका छन् । काेहली याे सूचीमा पर्ने  भारतका एकमात्र खेलाडी हुन् ।

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धेरै आम्दानी गर्ने खेलाडीहरुको सूचीमा उनको नाम एक सयौं स्थानमा छ । गतवर्षभन्दा कोहलीले १७ स्थान तल झरेका हुन् । सूचीको पहिलो स्थाननमा अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी रहेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको सूची अनुसार विराट कोहलीले यो वर्ष ५० लाख डलर कमाई गर्दै सूचीको १ सयौं स्थानमा छन् । अघिल्लो वर्ष कोहलीले २ करोड ५० लाख डलर कमाई गर्दै ८३औं स्थानमा थिए ।

मेस्सी विश्वको सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् । उनले यसभन्दा अघिको सबैभन्दा बढी कमाई गर्ने रेस्लर फ्लायड मेवेदरलाई शीर्ष स्थानबाट हटाउँदै पहिलो स्थानमा पुग्न सफल भएका हुन् ।

उनको वार्षिक कमाई १२ करोड ७० लाख डलर छ । मेस्सी पछि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा धेरै कमाई गर्ने खेलाडी हुन् । उनको वार्षिक कमाई १० करोड ९० लाख डलर रहेको फोर्ब्सको सूचीमा उल्लेख छ ।