वैदेशिक रोजगार मुद्दामा फरार सुमन देउजा पक्राउ

काठमाण्डौं, २९ जेठ । वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका(३२ का सुमन देउजालाई रानीबन काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणको २०७१ माघ ४ गतेको फैसलाबाट देउजालाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

फरार सुमनलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्‍जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सुमनलाई कैद भुक्तानका लागि जगन्नाथदेवल कारागार काठमाडौं चलान गरिएको छ ।