गृहमन्त्री बादलद्धारा विपद व्यवस्थापन प्रभावकारी बनाउन स्थलगत निरीक्षण, उद्दार थप उत्कृष्टता प्रर्दशन गर्न निर्देशन (भिडियो)

 

चितवन, २९ जेठ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विपद्को विपद् व्यवस्थापन कसरी समयमा नै सकिन्छ भन्ने बारेमा स्थलगत निरीक्षण गर्न चितवनको कुरिनटार पुगेका छन् ।

विपद् जोखिम मुलुकमा पर्ने भएकोले उद्दारमा खटिने सक्षम व्यक्तिहरुको तयारी कस्तो छ भनेर ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ कुरिनटारबाट तालिम प्राप्त सशस्त्र प्रहरीले उद्दारको नमुना प्रदर्शन निरीक्षण गर्न गृहमन्त्री थापा चितवनमा पुगेका हुन् ।
गृहमन्त्री थापाले विपद् व्यवस्थापनमा शसस्त्र प्रहरीको ठुलो भुमिका रहेका बताउदै कुनै पनि विपद्मा तत्कालै उद्दारमा जुट्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।

मुलुकमा विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा तत्कालै प्रभावकारी सेवा कसरी दिन सकिन्छ भनेर निरीक्षण गर्न पुगेका हुन् ।
सो अवसरमा त्रिशूलीमा बगेको काल्पनिक घटनामा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरीहरु उद्धार अभ्यासमा जुटेकामा प्रत्यक्ष निरीक्षण गर्दै थप सशक्तका विपद्मा खटिए उत्कृष्ट प्रर्दशन गर्न निर्देशन पनि थिए ।

यस्तै गृहमन्त्री थापाले दुर्घटना, बाढी, पहिरोका बेलामा नदी, खोलामा हुने उद्धार कार्य जटिल हुने गरेको आफूले बुझेको बताए ।
त्यसैले यस्ता उद्धारकहरुको हौसला कायम राख्न सरकारले केही न केही व्यवस्था गर्ने उनले बताए ।
मन्त्रीसँगै रहेका सुरक्षाविद् इन्द्रजित राईले गोताखोरहरुलाई प्रोत्साहन भत्ता दिने सरकारको तयारी रहेको जानकारी दिए ।
२०६९ सालको वैशाखमा बंगलादेश गएर सशस्त्र प्रहरीका २५ जना जवानले गोताखोरको तालिम लिएका थिए ।
अहिले १९ जना कार्यरत छन् ।
‘सशस्त्र प्रहरी बलले गोताखोरका एकजना सन्तानलाई कक्षा १० सम्म पढाउन आर्थिक सहयोग गरेको छ । संगठनकै तर्फबाट उनीहरुको बीमा भएको छ । हामीले पनि उनीहरुलाई बेला बेलामा सरसहयोग गर्दछौं’ सशस्त्रका एसएसपी प्रधानले भने ।
। गोताखोरहरुले गत वर्ष धादिङ गजुरीमा बस दुर्घटना हुँदा नदीबाट ३४ वटा शव निकालेका थिए ।

सो अवसरमा भीरमा हुने दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार, पानीमा डुबेकाहरुको खोजीमा गोताखोरले गर्ने उद्दार र र्‍याफटिङ पल्टिदा दुर्घटनामा परेकाहरुका उद्दार गर्ने तरिका प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ कुरिनटारका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एवंम् समादेशक किशोर प्रधान, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमख प्रहरी उपरीक्षक दानबहादुर मल्ललगायतको सहभागीता थियो ।
११ रोपनी क्षेत्रफलमा कुरिनटारमा रहेको ‘विपद् व्यवस्थापन तालिम केन्द्र’ दक्षिण एसियाकै पहिलो हो ।