गर्मी मौसममा कसरी गर्ने अनुहारको हेरचाह

एजेन्सी, २९ जेठ ।  मानिसले आफ्नो सौन्दर्यको हेरचाह गर्छन् । बढी जसो मानिसहरुले गर्मी मौसममा भन्दा जाडो मौसममा आफ्नो सौन्दर्यको हेरचाह गर्ने गरेको पाइन्छ ितर अझ भन्नु नै पर्ने हो भने जाडोमा भन्दा गर्मी मौसममा आफ्नो सौन्दर्यको धेरै ख्याल राख्नु पर्ने हुन्छ ।

किनकी गर्मी मौसममा अनुहारको रोम छिद्र खुल्छ र फोहोर जाने सम्भावना बढी मात्रामा हुन्छ । त्यसैले यो मौसममा बाहिर हिँड्दा अनिवार्य छाता लिएर हिड्ने गर्नु पर्दछ ।

गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्न सकिन्छ त रु जान्नुहोस् तरिकाहरूः

– घरमै पनि अनुहारलाई सफा राख्न सकिन्छ । जस्तै स् काँक्रो, मेवाको लेप बनाएर प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा निकै उपयोगी हुन्छ ।

– अनुहार राम्रो राख्नको लागी अनुहारमा उपयुक्त हुने डे र नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मी मौसममा घामबाट बच्नका लागि सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हुँदैन ।

– अनुहारमा फोहोर हुनाको कारणले बेलाबेलामा क्लिन्जिङ गरिरहनुपर्छ ।

– अनुहारमा ससाना दाग देखिएमा बेसार, कागतीको रस, र दुधको तर राखी प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

– जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

– आँखामा आएको कालो दाग हटाउन आलु वा काक्रोको चप बनाई सजिलै दाग हटाउन सकिन्छ
ि
– अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल भई अनुहारमा चम्किलोपन ल्याउँछ ि