कृषि प्रदर्शनी तथा कृषक मेलाको यान्त्रिक स्टलमा कृषहरुको बिशेष आकर्षण

चितवन, असार ०२ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आयोजनामा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको यान्त्रिक स्टलमा कृषहरुको बिशेष आकर्षण देखिएको छ । विश्वविद्यालयको १०औँ स्थापना दिवसको अवसरमा जारी मेलामा कृषिको सम्बन्धी यन्त्रको स्टलहरुमा कृषहरुको बिशेष आकर्षण देखिएको मेला सचिवालय सचिव एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको बाली विज्ञान उप प्रध्यापक सुमन ढकालले ए टु जेड समाचारलाई जानकारी दिए ।

‘मानिसहरु कृषिमा धेरै दु:ख छ भन्ने सोच्ने गर्दछन्, यसलाई बिभिन्न यन्त्रको प्रयोग गरी कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेमा कृषहरुहरुको बिशेष चासो रहेको छ उनले भने, त्यसैले यो मेलामा यान्त्रिक स्टलहरुको उनिहरुको बिशेष आकर्षण देखिएको छ ।’ ‘के कुराले हामीलाई सहज बनाउछ भन्ने कुराको खोजीमा कृषहरुको चासो देखिएको छ, त्यही मध्य कृषि यन्त्रको खोजीमा कृषकहरु रहेका छन् – उनले थपे ।’

विश्वविद्यालयका विद्यार्थीहरुले मेसिनको प्रयोग गरेर रैथाने बालीबाट बिभिन्न परिकार बनाएर देखाईरहेको कारण पनि यान्त्रिक स्टलमा सबैको बिशेष आकर्षण देखिएको ढकालले बताए । मेलामा यन्त्र सम्बन्धी ७ वटा स्टलहरु रहेका छन् । उक्त स्टलहरुमा धानको बिउ रोप्ने मेसिन, धान रोप्ने मेसिन, धानको झार गोड्ने मेसिन, खाल्टो खन्ने, किरा ट्र्याप गर्ने मेसिन, मकै छर्ने मेसिन जस्ता यान्त्रिक सामाग्रीहरु रहेका छन् । यस्तै कृषि ढुवानीको लागि प्रयोग गर्न सकिने इलेक्ट्रिक स्कुटर र बाइकको स्टलमा पनि कृषकहरुको बिशेष आकर्षण देखिएको ढकालले बताए ।

जारी मेलामा कृषि प्रती युवाहरुको आकर्षण पनि राम्रो देखिएको ढकालले बताए । पछील्लो समय कृषि भन्ने बित्तिकै युवाहरुमा बितृष्णा देखिरहेको बेला यो मेलामा भने राम्रो आकर्षण देखिएको उनको भनाई छ । ‘मेला आयोजना गर्दा हाम्रो लक्ष्य जती सक्दो धेरै कृषहरुले अवलोकन गरुन् भन्ने थियो, त्यस पछी युवाहरुलाई पनि हामीले लक्षित गरेका थियौ उनले भने, मेलामा युवाहरुको आकर्षण त हुने नै भयो कृषिमा झनै राम्रो आकर्षण देखिएको छ ।’

युवाहरुलाई लक्षित गर्दै चितवन र आसपासका बिद्यालयहरुमा पत्रचार गरेको र त्यहाबाट राम्रो सहभागीता भएको ढकालले बताए । कृषि क्षेत्रका लागि आविस्कार भएका यन्त्रहरु बारे युवाहरुले जान्ने अवसर प्राप्त गरेको उनको भनाई छ । कृषि क्षेत्रका लागि आविस्कार भएका यन्त्रहरु अवलोकन गरे पछी युवाहरुमा रहेको कृषि प्रतीको बितृष्णा हटेर जाने उनको विश्वास रहेको छ ।

असार ३ गते मंगलबार सम्म चल्ने मेलामा ७ देखी १० हजार अवलोकनकर्ता भित्र्याउने लक्ष्य रहे पनि मौसम प्रतिकुलताको कारण अहिले सम्म ३ हजार जनाले अवलोकन गरेको ढकालले जानकारी दिए । मेलाको चौथो दिन मंगलबार २ हजार भन्दा धेरैले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।