चेपाङ समुदायका ४१ जना बालबालिकालाई उद्दार

चितवन ५ असार । विभिन्न प्रलोभनमा पारी गोरखा जिल्ला लैजान लागेको चेपाङ समुदायका ४१ जना बालबालिकालाई चितवन प्रहरीले उद्दार गरेको छ । चितवनको राप्ती नगरपालिकाको वडा नं. १३ स्थित विकट पहाडी बस्तीका चेपाङ बालबालिकालाई केही व्यक्तिहरुले निशुल्क पढाई दिने भनि अभिभावकलाई प्रलोभनमा पारी

दुईवटा बोलेरो गाडीमा स–साना बालबालिकाहरुलाई नारायणगढ तर्फ ल्याउँदै गरको भन्ने सूचनाका आधारमा गोन्द्राङमा सवारी चेकजाँच गरी उद्दार गरिएको हो ।

बालबालिकाहरुलाई पढाउनको लागि गोरखा जिल्लाको सिरानचोकमा रहेको भद्रशिला आधारभुत बिद्यालयमा पढाउनको लागि लिई जान लागेको भनि नियन्त्रणमा लिईएका व्यक्तिहरुले बताएका छन् भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ । उद्दार गरिएका बालबालिकाहरु ४ बर्ष देखि १५ बर्ष उमेर समुहको रहेको

छ भने निजहरुलाई राप्ती न।पा।वडा नं।१३ का वडाध्यक्ष सुर्य बहादुर प्रजाको रोहबरमा सम्बन्धित अभिभावकको जिम्मा लगाई घर फर्काईएको छ ।