मोटरसाइकल र बस ठोकिदा १ जनाको मृत्यु

पर्वत, ५ असार । मोदीगाउँपालिका २ देउपुरमा बस र मोटरसाइल ठोकिदाँ एक जनाको मृत्यु भएको छ ।   ग १ प ७७३७ को मोटरसाइक र ना १ ख ६३५२ को बस एक आपसमा ठोकिदाँ मोदी गाउँपालिका ६ तिलाहारका मोटरसाइकल चालक ३५ वर्षिय कृष्णबहादुर थापाको ज्यान गएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।