नक्कली डिएसपी अपराध महाशाखाको फन्दामा

काठमाडौं, ५ असार । महानगरिय अपराध महाशाखाले नेपाल प्रहरीको डिएसपी हुँ भन्दै बिभिन्न व्यक्तिलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गरेको छ।

काभ्रे जिल्ला घरभइ काठमाडौंको जोरपाटी बस्दै आएका ३८ वर्षे नारायण भनिने भोला गौतमले पोसाक लगाएको फोटो मोवाइलमा राखेर मानिसहरूलाई धम्क्याउंदै आएको हुँदा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
महाशाखाका अनुसार उनले सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछाररपछार समेत गरी अभद्र व्यवहार व्यवाहार गरेगरेका थिए । महाशाखाको टोलिले काठमाडौंको बौद्ध नयाँवस्तिबाट पक्राउ गरेका गौतममाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।