योग दिवसमा सहभागी हुन एक दिन अगाडी उपराष्ट्रपति पुन चितवनमा

चितवन,५ असार । पाँचौ अन्तराष्ट्रिय योग दिवसको उद्धघाटन गर्न चितवनमा उपराष्ट्रपति नन्दकिशोर पुन एक दिन अगाडी आएका छन् ।  पतञ्जली योग समिति चितवनले भोलि यहाँ पाँचौ योग दिवसका अवसरमा आयोजना गर्न लागेको बृहत योग शिवीरमा सहभागगी हुनका लागि पुन चितवन आउनु भएको हो ।
भरतपुरको जुनीयर प्रहरी अधिकृत तालिम केन्द्रमा हुने शिविरमा सहभागि भई उहाँ विहान देवघाट जाने कार्यक्रम तय भएको छ । भोलि बिहान ५ बजे देखि ७ बजेसम्म योग शिविरमा सहभागि हुने कार्यक्रममा रहेको आयोजकले जनाएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम रहेको भए पनि उहाँको कार्यव्यस्थताले आउन नभ्याए पछि पुन आउनु भएको हो ।
शिविरमा बरिष्ठ योग प्रशिक्षक लोकनाथ खनालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रचार संयोजक टंकनाथ पौडेलका अनुसार शिविरको तयारी अन्तिम चरणमा पुगेको छ ।