रसुवागढी सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो, १५ जना कामदार भित्रै थुनिए

काठमाडौं, ५ असार । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन् ।

बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो ।

पहिरोमा परेर एक जना सामान्य घइते छन् तर, सुख्खा पहिरोले सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन् । उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन ।

उद्दारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीद्धारा जानकारी प्राप्त भएको छ । त्यसैगरी उद्दारका लागि सीमा सुरुक्षाबाट ७ जना प्रहरीको टोली, स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा घटनास्थल पुगेको छ ।