भोजपुर घटनापछि विप्लवको यस्तो विज्ञप्ती

काठमाण्डौं : भोजपुरमा दुईजनाको मृत्यु हुनेगरी भएको भिडन्तपछि विप्लव समूहले विज्ञप्ति निकालेको छ । सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई प्रशान्र्तको शाहदत भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा ७ जेठमा भोजपुरका आफ्ना पार्टी सदस्य तीर्थराज घिमिरेलाई टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक प्रहरी सञ्जिव राई भएको दाबी गरिएको छ ।