महिला विद्युत उपभोक्ताहरुको क्षमता बृद्धि गर्दै मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि.मुग्लिन

मुग्लिन : मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि. मुग्लिनको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका लागि उर्जा क्षेत्रको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत स्थानीय सरोकारवालाहरुसंग कार्यक्रम शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीको विशिष्ट आतिथ्यमा थकाली सेवा समितिको भवन इच्छाकामना ५ मुग्लिनमा शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रम अन्तर्गत मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाले एशियाली विकास बैङ्कको सहयोग एवं नेपाल विद्युत प्राधिकरण र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको पहलकदमी तथा ग्रामीण प्रविधि केन्द्र र प्राक्टिकल एक्सन कन्सलटिङ्ग प्रा. लि. को साझेदारीमा यस संस्था मार्फत विद्युत सेवा उपभोग गरिरहेका उपभोक्ता, खासगरी महिला उपभोक्ताहरुलाई लक्षित गरी उनीहरुको आर्थिक सामाजिक सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि उर्जा क्षेत्रको क्षमता अभिवृद्धि” कार्यक्रम सञ्चालन गर्न लागिएको सहकारीका प्रबन्ध निर्देशक कुमार श्रेष्ठले बताउनुभयो । यस कार्यक्रम अन्तर्गत स्थानीय साधन श्रोतहरुको परिचालन एवं विद्युतको उत्पादनमुलक प्रयोग मार्फत स्थानीय महिला उद्यमीहरुले गाउँघरहरुमा नै बसी आयआर्जनमुलक पेशा व्यवसायहरुमा संलग्न भई आफैं स्वरोजगार बन्न एवं यसबाट अतिरिक्त आयआर्जन गर्न सक्षम उहाँले बताउनुभयो । यसका लागि कार्यक्रमले महिलाहरुको ज्ञान, सीप एवं क्षमता विकाससंगै उनीहरुले चाहेको उद्यम व्यवसायहरु सञ्चालन गर्नमा सरोकारवालाहरुबीच सम्बन्ध विस्तार गराई सहज वातावरण सिर्जना गर्नमा सहयोग पु¥याउने विश्वास लिएको छ ।


कार्यक्रमका विशिष्ट अतिथि तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीले यो कार्यक्रम देशका विभिन्न ७ जिल्लाका १५ वटा सहकारीमा संचालन गरिएको बताउनुभयो । यस अन्तरगत चितवनको मस्र्याङ्गदी सहकारी संस्था लि मुग्लिन पनि छनौटमा परेको हो ।
निर्माणधिन खिम्ती ट्रान्समिसनको प्रभावित जिल्लामा यो कार्यक्रम सुरु गरिएको हो । उहाँका अनुसार यो कार्यक्रमको नीति अनुरुप प्रत्यक्ष रुपमा आर्थिक सहयोग उपलब्ध गराइने छैन ।
गाउँपालिका उपाध्यक्ष प्रमुख अतिथि कृतिकुमार श्रेष्ठले मस्र्याङ्गदी सहकारीले महिलाहरुलाई व्यावसायी बनाउनका लागि यो कार्यक्रमम ल्याएको मा शुभकामना दिदेँ गाउापालिकाले यस्ता कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकाले पनि महिलाहरुको शसक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनुभयो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले यस कार्यक्रमको शुभारम्भ गरेकोमा मस्याङ्गदी सहकारी संस्था लि मुग्लिनलाई धन्यावाद दिदैँ आफ्नो संस्थाहरुले सहयोग गर्न तयार रहेको बताएका थिए । महिलाहरुलाई व्यवासयी बनाएर आर्थिकरुपमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष श्री तेज बहादुर शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय उपभोक्ताहरु, ईच्छाकामना गाऊँपालिका, महिला समूहहरु, बैंक तथा वित्तिय संस्थाहरु, उद्योग वाणिज्य संघ, सामुदायिक वन, सहकारी संस्थाहरु, जनप्रतिनिधि लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
संस्थाका सचिव खुमप्रसाद पन्तले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवाली गाउँपालीककी प्रवक्ता सावित्रि गुरुङ, वडाअध्यक्षहरुको तर्फबाट वडा न ५ का वडाअध्यक्ष मोदराज सिलवाल, नेकपाका संयोजक दान बहादुर गुरुङ, नेपाली कांग्रेसका सभापती विष्णु कुँवर, सहकारीहरुको तर्फबाट साना किसान कृषि सहकारी संस्था.लि.का अध्यक्ष नर बहादुर नेपाल, महिला संघसंस्थाहरुको तर्फबाट कर्तव्यनिष्ट महिला समाज मुग्लिनका सचिव जुना राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।