पोखरालाई खेलकुदको राजधानी बनाउँछौ – मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई खेलकुदको पनि राजधानी बनाउने वताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिको आयोजनामा विहिवारदेखि पोखरामा सुरु गण्डकी प्रदेश स्तरीय ११ औं राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले पर्यटनपछि खेलकुदको राजधानी पनि पोखरा हुने वताए ।

‘अहिले गण्डकी प्रदेश पर्यटनको राजधानी हो, मुख्यमन्त्री गुरुङले भने, अव खेलकुदको राजधानी पनि पोखरालाई बनाउनु पर्दछ । त्यसका लागि हामी नीतिगत र संरचनागत सुधारको काम थालिसक्यौ ।’ राष्ट्रको विकासका लागि खेलकुद अनिवार्य भएको वताउदै गुरुङले यसमार्फत समृद्धिको यात्रा पनि तय गर्नुपर्नेमा जोड दिए । ‘तपाईहरु ढुक्कसाथ अगाडि बढ्नुहोस, खेलाडीलाई ढाड्स दिदै मुख्यमन्त्री गुरुङले भने, प्रदेश सरकार तपाईहरुको साथमा छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलाडीलाई शुभकामना दिदै प्रदेश सरकारले यसैवर्ष गण्डकी प्रदेश स्तरीय खेलकुद एकेडेमी स्थापना गर्ने वताईन । प्रदेश सरकार खेलक्षेत्रको विकासमा प्रतिवद्ध छ, मन्त्री पुनले भनिन्, हामीले यही बर्ष नै खेलकुद एकेडेमी बनाउने गरी नीति कार्यक्रम बनाई बजेट बिनियोजन गरेका छौ । यसमार्फत खेलक्षेत्रलाई सुदृढ गर्नेछौ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष समपन्न श्रेष्ठले खेलकुदलाई अव ब्यक्तिको स्वास्थ्यमा मात्रै नभएर यसमार्फत आर्थिक उपार्जनको माध्यमको रुपमा विकास गर्न सकिने वताए । ‘अहिले खेललाई ब्यक्तिको स्वास्थ्य र राष्ट्रका लागि मात्रै भनिएको छ, अध्यक्ष श्रेष्ठले भने, अव खेलकुद मार्फत आर्थिक विकास गरी समृद्धिको यात्रा तय गरिनु पर्दछ ।’ अध्यक्ष श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त खेलाडी र प्रशिक्षकलाई शुक्रवार नगद सहित सम्मान गर्ने जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य राजेश कुमार गुरुङले स्वागत गर्दै खेलाडीलाई प्रदेशमा अवसर नभएको गुनासो गरे । कार्यक्रमको सञ्चलान डम्मर नेपालीले गरेका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ९ सय २४ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मार्शल आर्टतर्फ तेक्वान्दो, कराते, उशु खेल हुनेछन । अन्य खेलमा कब्बडी, भलिबल र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीले तेक्वान्दोतर्फ १९ स्वर्ण, १९ रजत र १९ काश्य, करातेतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, उशुतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, टिम गेम भलिबल र कब्बडी तर्फ १ स्वर्ण, १ रजत १ काश्य पदक प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले वताए । प्रत्येक इभेन्टमा बिजेता टिम तथा खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ भने पहिलो, दोश्रो र तेश्रो हुने जिल्लालाई नगद सहित सम्मान गरिने छ ।

प्रतियोगितामा सर्वाधिक पदक जित्न सफल हुने जिल्लाले आर्कषक राष्ट्रपती रनिङ शिल्ड प्राप्त गर्नेछ । यो प्रतियोगितामा स्थानिय तहहुँदै जिल्ला र प्रदेशमा स्वर्ण पदक जित्ने खेलाडीले असारको २९ देखि काठमाण्डौमा हुने केन्द्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन ।