देवघाट कालिका मन्दिरको शिलान्यास

आशिक राना
तनहुँ :  देवघाट गाउँ पालिका ५ नम्बर वडा भित्र रहेको नयाँबस्तीमा देवघाट कालिका मन्दिरूको शिलान्यास देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले गर्नु भएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनु भएका अध्यक्ष थापाले मन्दिर निर्माण कार्यको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।
नेपालकै धार्मिक स्थान भनेर देश तथा बिदेशमा परिचित देवघाटधाम बन्न लागेको दुई छाने देवघाट कालिका मन्दिरको निर्माण खर्च अनुमान करिब ५० लाखको रहेको छ । मन्दिर निर्माण खर्चको लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र बिकास समितिले सहयोग गरिरहे र अन्य सहयोगको लागि विभिन्न संघ सस्थाहरुमा पनि पहल भइ रहेको समितिका सदस्य सुर्य रानाले बताउनु भएका थियो । कार्यक्रममा देवघाट ५ नम्बर वडा का अध्यक्ष याल बहादुर गुरुङ,५ नम्बर वडाका वडा सदस्य भोजराज नैनावस्ती,ठाकुर कुमारी काफ्ले,देवघाट गाउँपालिका वांश सुपरिवेक्षक होमबहादुर भाराती , देवघाट क्षेत्र बिकास समितिका सदस्य किरण सुवेदी,समाज सेवि पुर्ण बहादुर थापा, मीन बहादुर थापा,देवघाट नेपाल मगर संघका अध्यक्ष तेज बहादुर थापा, समाज सेवि युवा अमर फेवाली लगाएतको उपस्थिति रहेको थियो भने देवघाट कालिका मन्दिरका अध्यक्ष याम बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।