पुलचोकमा मान्द्रो पिज्जा हाउस सञ्चालन

चितवन, २९ असार । करिब नौ महिना अगाडि नारायणगढको लायन्सचोकबाट आफ्नो सेवा सञ्चालन गरेको मान्द्रो टिपिकल चुल्होले पुलचोकमा मान्द्रो पिज्जा हाउस सञ्चालनमा ल्याएको छ ।
मान्द्रोले आज आइतबारदेखि नारायणगढको पुलचोकमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको हो । पिज्जा हाउसका सञ्चालक राजन पौडेलले ग्राहकहरुको अपार मायापछि नयाँ शाखा सञ्चालन गरिएको जानकारी दिए । मान्द्रोले चितवनमा नपाइने पिज्जा ‘मान्द्रो लिजा’ विशेषताको रुपमा सो फास्टफुडमा उपलब्ध गराउने जानकारी दिँदै सञ्चालक पौडेलले नयाँ शाखाबाट इटालीयन कन्टिनेन्टल खाना उपलब्ध गराइने बताए ।
सो पिज्जा हाउसबाट स्याण्डविच, बर्गर, मोमोलगायतका खाजाका परिकार उपलब्ध गराइने जानकारी दिँदै पौडेलले खाजाको गुणस्तरप्रति आफूहरु सधैँ सचेत रहेको सौराहा अनलाइनसँग बताए । हिमालयन बैंकसँगै सञ्चालनमा आएको नयाँ शाखामा २३ जनाले एकैसाथ नास्ता गर्न सक्ने पौडेलले बताए । नयाँ शाखा विस्तारको क्रममा खाजामा विशेष अफर दिइएको पौडेलको भनाइ छ ।
आजदेखि १५ दिनसम्म जुन सुकै खानाको परिकारमा १० प्रतिशत छुट, पिज्जा तथा बर्गरको साथमा कम्बोप्याक अफरलगायतका विभिन्न अफरहरु प्रदान गरिएको पौडेलको भनाइ छ । भरतपुरको बजार क्षेत्रभित्र निशुल्क रुपमा होम डेलिभरीको व्यवस्था समेत रहेको पौडेलले सौराहा अनलाइनलाई बताए । आफूहरुले प्रत्यक्ष रुपमा सात जनालाई रोजगार दिएको उल्लेख गर्दै पौडेलले बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सेवा प्रदान गरिने बताए ।
लायन्स चोकमा रहेको मान्द्रोको मुख्य शाखाले सेवाग्राहीहरुलाई लायन्सचोकबाट टिपिकल नेपाली खाना, इण्डियनज, चाइनीज कन्टिनेन्टल खाना खुवाउँदै आएको छ ।