पहिराेका कारण वीपी राजमार्ग अवरूद्ध

चितवन, २९ असार । निरन्तरकाे वर्षापछि अाएकाे पहिराेका कारण वीपी राजमार्ग अवरूद्ध भएकाे छ । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खाल्टेमा पुनः पहिरो जाँदा राजमार्ग अवद्ध भएको हाे ।

बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलेको केहिबेरमै पुनः पहिरोले अवरुद्ध पारेको हो । नेपालथोक–खुर्कोट खण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको खाल्टेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

यातायात सञ्चालनका लागि पहिरो हटाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन् ।