एसईईमा जिल्ला प्रथम चापागाई सम्मानित

तनहुँ : गत वर्षको एसईई परिक्षामा जिल्लामा नै उत्कृष्ट अंक प्राप्त गर्न सफल शुक्लागण्डकी ७ की अस्मिता चापागाई सम्मानित भएकी छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि चापागाई सँगै एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने अन्जान चापागाई, आस्था ढकाल, जमुना खत्रीलाई मालेबगर युवा क्वलले सम्मान गरेको हो ।

मालेबगरकी चापागाईले परिक्षामा ३.९५ जिपिए प्राप्त गरेर कक्षा १० उत्तिर्ण गरेकी थिइन् । क्लवले उनीहरुको उच्च शिक्षा अध्ययनका लागि हौसला प्रदान गर्नका लागि सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडा न ७ की वडा सदस्या कमला सुनार, क्लवका संरक्षक ऋषिराम ढकाल लगायतले पछिल्लो पुस्ताका विद्यार्थीहरुलाई अध्ययनका लागि सहज रहेको बताए । उनीहरुले प्राविधिक, शैक्षिक, आर्थिक रुपमा अभिभावक र विद्यालयमा केही हदसम्म भएपनि सुधारोन्मुख अवस्थामा रहेकाले आफुहरुले जस्तो अभावै अभावको विचमा अध्ययन गर्नुपर्ने अवस्था अहिले नरहेको बक्ताहरुले बताएका थिए ।

सम्मान ग्रहण गर्दै चापागाईले यस्ता कार्यक्रमहरुले अगाडी बढ्नका लागि प्रोत्साहन गर्ने बताइन् । उनले घरको राम्रो अध्ययनका लागि घरको वातावरण पनि सकरात्मक हुनु जरुरी रहेको भन्दै अन्य विद्यार्थीहरुको सफलताका लागि पनि अभिभावकले अध्ययन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन् ।

क्लवका अध्यक्ष रेशम विकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मालेबगर टोलविकास सस्थाका अध्यक्ष मनबहादुर विक, मालेबगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर विक, क्लवका कोषाध्यक्ष सुसन पौडेल लगायतकाले क्लवले सामाजिक विकासका लागि यस्तै सकरात्मक र सिर्जनशिल कार्यहरुमा जोड दिनुपर्ने बताए । मालेबगरमा नै आयोजना गर्रिको कार्यक्रमको सञ्चालन सचिव आकाश कार्कीले गरेका थिए ।