लायन्स क्लवद्धारा विद्यालयमा बृक्षरोपण

तनहुँ : लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले बर्ष २०१९—२०२० को पहिलो कार्यक्रम अन्तर्गत शुक्रबार बृक्षरोपण कार्यक्रम गरेको छ । शुक्लागण्डकी नगरपालिकाको वडा न ५ स्थित जनकल्याण माध्यामिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका १ सय ३० विरुवा रोपण गरिएको थियो ।

लायन्स सदस्यहरुको ब्यापक सहभागिता भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली, डिष्ट्रिक्ट ३२५ वि १ रिजन ४३ का रिजन चेयर पसर्नन लायन दुर्गाकुमार श्रेष्ठ, जोन ९१ का जोन चियर पर्सन लायन भक्तबहादुर केसी लगायतले क्लवले गरेको कार्य मार्फत वातावरण संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विस्वास ब्यक्त गरे ।

क्लवका अध्यक्ष लायन लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका पूर्वअध्यक्षहरु लायन प्रदिप थापा, लायन दिर्घ बहादुर थापा, लायन्स क्लव अफ शुक्लागण्डकीका अध्यक्ष लायन सुरेन्द्र पौडेल, लायन्स क्लव अफ तनहु दुलेगौंडा खैरेनीसिटीका अध्यक्ष लायन नारायण कुमार श्रेष्ठ, लायन्स क्लव अफ खैरेनीसिटीका अध्यक्ष लायन सुजित हिराचन, शुक्लागण्डकी उद्योग बाणिज्य संघका अध्यक्ष हरि कुमार श्रेष्ठ, बेलचौतरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष काशी प्रसाद जोशी, जनकल्याण मा. वि. का प्रधानाध्यापक दिपक ढकाल लगायत सहभागि भएका थिए ।

कार्यक्रममा स्वागत कार्यक्रम संयोजक लायन विष्णु बहादुर राना मगर गरेका थिए भने ध्वजाको अभिवादन क्लवका प्रथम उपाध्यक्ष लायन सुजन कुमार श्रेष्ठले र कार्यक्रम संचालन क्लवका सचिव लायन सुजन श्रेष्ठ गरेका थिए ।