वागिश्वरी आश्रममा भण्डारा सेवा सुरु

प्रमिता ढकाल
चितवन : प्रदेश सासंद घनश्याम दाहाल अविनाशले वागिश्वरी आध्यात्मिक परिषद योगि नरहरीनाथ आश्रमका लागि प्रदेश सरकारले उपलब्ध गराएको बजेट आश्रमका सबै केन्द्रले आवश्यकता अनुसार उपभोग गर्न सुझाएका छन् ।
योगि नरहरिनाथ संस्कृत गुरुकुल सञ्चालनको लागि सरकारी निकायबाट सहयोग जुटाउन कठिन भएको गुनासोलाई सम्बोधन गर्दै उनले परिषदका लागि छुटेयाइएको बजेटबारे जानकारी गराउ“दै आवश्यकतलाई प्राथमिकिकरण गर्न सुझाए । वागिश्वरी आध्यात्मिक परिषद योगि नरहरीनाथ आश्रमद्धारा सञ्चालित योगि नरहरिनाथ संस्कृत गुरुकुलमा अध्ययनरत वटुक तथा योगि नरहरीनाथ गौ संरक्षण केन्द्रका गौ सेवकहरुको लागि दैनिक भण्डारा सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै दाहालले योगि नरहरीनाथको योगदानको कदर गर्न आवश्यक रहेको बताए ।
सो क्रममा परिषदका संरक्षक शान्त प्रसाद पोखरेलले वागिश्वरीको आध्यात्मिक, ऐतिहासिक महत्व जर्गेना गर्न एक्लो प्रयासले सम्भव नरहेको बताए ।
परिषदमा समेत एकताको भावना नरहे संकल्प पुरा हुन नसक्ने तर्फ उनले सजग गराए ।  कार्यक्रममा परिषदका सल्लाहकार टंकनाथ पौडेलले गुरुकुलको पुरा गर्न सके वैदिक सनातन धर्मको संरक्षण हुने बताए । सो क्रममा गुरुकुलका अध्यक्ष डाक्टर गुरु प्रसाद सुवेदीले योगि नरहरिनाथको संकल्पको बारेमा चर्चा गरे ।
देवघाटका अन्य गुरुकुल भन्दा फरक उद्धेश्य लिएर समावेशी शिक्षामा जोड दिएको गुरुकुल सञ्चालनका लागि सहज इजाजत नपाउनु दुखद भएको उनले टिप्पणी गरे ।
गुरुकुलमा देशका विभिन्न स्थानबाट आएका समावेशी वटुकहरु अध्ययन गर्छन् । गुरुङ, तामाङ, दलित, ब्राम्हण समुदायका वटुकहरुलाई गुरुकुलिय शिक्षा प्रदान गर्न गुरुकुल स्थापित भएको हो । आश्रममा २१ जना बटुकहरु आवासिय रुपमा अध्ययनतरत छन् ।
गत वर्षबाट सञ्चालनमा आएको गुरुकुलमा ६ र ७ कक्षा सञ्चालनमा छ । वटुक तथा गौसेवक समेत गरी आश्रममा दैनिक ४० जनाले भोजन गर्दछन् । खानाको व्यवस्थापनका लागि मासिक न्यूनतम एक लाख रुपैंया खर्च हुने गरेको प्राचार्य यदुनाथ पोखरेलले जानकारी दिए । दान तथा सहयोगबाट व्यवस्थापन हु“दै आएको खानालाई नियमित बनाउन भण्डारा सेवा सुरु गरीएको हो । बुधबारबाट सुरु गरीएको भण्डारा सेवाका लागि अग्रिम नाम टिपाउनेहरु छन् ।

भण्डारा सेवालाई व्यवस्थित गर्न नाम टिपाएर रसिद काट्ने  गरीएको पोखरेलले बताए । नाम टिपाएकाहरुले वर्षमा एक दिन आफुले खाना व्यवस्थापनको जिम्मा लिएको उनले बताए । परिवार सदस्यको जन्मदिन, विवाहोत्सव तथा श्राद्ध तिथिको दिन विशेष पारेर नाम टिपाउनेहरु अधिक छन् ।