विपि स्मृति दिवस काँग्रेस चितवनले सप्ताहा व्यापी रुपमा मनाउने (पुरा कार्यक्रमसहित)

चितवन : नेपाली काँग्रेस चितवनको नियमीत वैठक सम्पन्न भएको छ ।  वैठकले नेपाली काँग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको यहि साउन ६ गते परेको ३७ औं स्मृति दिवसको अवसरमा जिल्लामा साताव्यापी कार्यक्रम गरेर मनाउने छ ।
साता व्यापि रुपमा मनाउने कार्यक्रममा साउन ६ गत भातृ संस्था तथा सुभेच्छुकहरुलाई आ आफ्नो माताहतमा विभिन्न कार्यक्रम गरेर मनाउन निर्देशन दिएको छ ।
साताव्यापि रुपमा मनाउने कार्यक्रममा ४ गते प्रजातान्त्रीक विचार समाज चितवनले भरतपुर अस्पतालमा वृक्षारोपण गर्ने छ ।
यस्तै काँग्रेस चितवनले ६ गते विहान विपि शान्ति नगरवनमा २ सय विभिन्न जातका विरुवा रोप्ने निर्णय भएको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनु भयो ।
जोशीका अनुसार ६ गते साँझ भरतपुर महानगर समिति र चितवन क्षेत्र नम्वर ४ ले दिप प्रज्वलन गर्ने, ६ गते दिउँसो गुञ्जनगरमा रहेको विपिको शालिकमा माल्यापर्ण गर्ने, चितवन क्षेत्र नम्वर १ ले ७ गते रक्तदान कार्यक्रम गर्ने निर्णय भएको छ । यस्तै कालिका नगरपालिकामा साउन ५ गते वृक्षारोपण गर्ने लगाएतका कार्यक्रमहरु रहेको छ ।
काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले पार्टी एकता पछि मधेसि जनाधिकार फोरम लोकतान्त्रीकका जिल्लामा रहेका कृयाशिल सदस्यहरुको विषयमा छलफल हुनुका साथै पार्टीको कृयाशिल सदस्यहरुको विषयमा पनि छलफल भएको थियो ।
वैठकमा केन्द्रले पठाएको परिपत्र र संसदीय दलको कार्यालयको परिपत्रका विषयमा समेत छलफल भएको सचिव जोशीले जानकारी दिनु भयो ।