‘प्रोफसनल अष्ट्रेलियन हाईयर एजुकेशन फेयर’ मा विद्यार्थीहरुको घुईचो

चितवन : चितवनको  भरतपुर गार्डेन रिसोर्टमा ‘प्रोफसनल अष्ट्रेलियन हाईयर एजुकेशन फेयर’ मा  विद्यार्थीहरुको घुईचो लागेको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रोफसनल एजुकेशन कन्सलटेन्सी नारायणगढले एजुकेशन फेयर आयोजना गरेको हो ।


अष्ट्रेलियाका आकर्षणका सकारात्मक पक्ष वास्तविक जानकारी लिन फेयरमा विद्यार्थीहरुको उल्लेख सहभागीतासगैँ उत्सुकता देखाएका थिए ।

चितवनमा सम्पन्न फेयरको प्रोफसनल एजुकेशनका प्रबन्ध निर्देशक श्रीकृष्ण श्रेष्ठ र चितवन निर्देशक सन्तोष खनालले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

सेमिनारमा झण्डै ३ सय बढी विद्यार्थीहरु अवलोकनसगैँ वैदेशिक शिक्षाका बारमा बुझेको निर्देशक खनालले जानकारी दिए । सो अवसरमा अष्ट्रेलिया अध्ययन गर्न चाहाने विद्यार्थीका लागि बिशेष परामर्श दिएको थियो । भने विद्यार्थीहरुले अष्ट्रेलियाका १२ भन्दा बढी युनिभरर्सिटीका प्रतिनिधिहरुसगँ प्रत्यक्ष रुपमा जानकारी अवसर पाउदा निकै खुसी व्यक्त समेत गरेका थिए ।

फेयरमा युनिभरर्सिटीका प्रतिनिधिहरुसँग आफै विद्यार्थीहरुले प्रत्यक्षरुपमा त्यहाँ अध्ययन गर्ने विषय, लाग्ने शुल्क, वातावरणको अवस्था, बसाई खर्च, लगायतका सम्पूर्ण विषयमा जानकारी लिएका थिए ।
फेयरमा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, करट्रिन युनिभर्सिटी, इडिथ काउन युनिभर्सिटी, इडुको साउदन क्रस युनिभर्सिटी, आइसीएमएस, लाट्रोब युनिभर्सिटी, मेक्यूरी युनिभर्सिटी, नाबिटास, साउदन क्रस युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू इग्ल्यान्ड, युनिभर्सिटी अफ साउदन अष्ट्रेलिया, युनिभर्सिटी अफ साउदन क्विन्सल्याण्डसहित १२ वटा युनिभर्सिटी सहभागी जनाएका थिए ।
यस्तै फेयरमा सहभागि हुने विद्यार्थीहरुका लागि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।  निःशुल्क प्रवेश व्यवस्था गरिएको फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले आफै लिएका थिए ।
शहिदचोकमा रहेको प्रोफसनल एजुकेशन कन्सलटेन्सीले नेपाली विद्यार्थीहलाई विगत आधा दशकदेखि सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ ।
विगत २६ बर्षदेखि काठमाडौँको बानेश्वरमा मुख्य कार्यालय रहेको प्रोफेसनल एजुकेसनले चितवनमा भने विगत आधा दशकदेखि नारायणगढको शाखाबाट समेत सेवा दिदै आएको छ । भने विद्यार्थीहरुको सेवामा सहयात्री बनेर पुलको काम गरिरहेको छ ।