विभेद अन्त्यको माग गर्दै माइक्रोबायोलोजीका विद्यार्थी आन्दोलित (हेरौँ ६ तस्वीर)

चितवन । चितवनको विभिन्न क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा माइक्रो बायोलोजी पढ्ने विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस र बालकुमारी क्याम्पसमा स्नातक तहमा माइक्रो बायोलोजी पढ्ने विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरुले प्राविधिक विषय पढे पनि स्नातक उत्तीर्ण हुँदा लाइसेन्स नपाउनाले रोजगारका लागि गाह्रो हुने गरेको भन्दै ध्यानाकर्षण गराउन विरोध गरेका हुन् । माइक्रो बायोलोजीको स्नातकोत्तर अध्ययनका लागि नेपालमा क्याम्पसहरु नहुँदा विदेश जानुपर्ने समस्या, ल्याबहरुमा अन्य विषय बढेका व्यक्तिहरुलाई अवसर दिइनु जस्ता विषयको विरोध गर्दै विद्यार्थीहरुले मंगलबार बिरोध गरेका हुन् ।

माइक्रो बायोलोजीका विद्यार्थीहरु प्रतिको विभेद अन्त्य र हक अधिकार प्राप्तीका लागि भन्दै विद्यार्थीहरुले लायन्सचोकबाट, वीरेन्द्र क्याम्पस, चँैबिसकोठी, अस्पताल रोड हुँदै जिल्ला प्रहरी कार्यालय चितवनको अगाडि रहेको गेष्ट हाउस चौरसम्म विरोध ¥याली निकालेका हुन् । विश्वभरी माइक्रोबायोलोजी पढ्ने विद्यार्थीहरु ल्याबमा योग्य हुने तर नेपालमा किन नहुने ? स्वदेशमा आफूहरुको ज्ञान सीपको प्रयोग हुनुपर्ने, की त विषय हटाउनुपर्ने होइन भने अवसर दिनुपर्ने लगायतका मागहरु गर्दै विद्यार्थीहरुले विरोध गरेका हुन् ।