भरतपुरमा बन्ने सिटीहलको कात्तिकमा टेण्डर, हतार नगर्न सांसद्को सुझाव

विप्लव काफ्ले
चितवन : भरतपुर महानगरमा बन्ने सिटीहलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ । डीपीआरलाई पूर्णता दिन सोमबार महानगरमा छलफल भएको छ । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, योजना महाशाखाका प्रमुख कृष्णप्रसाद दवाडी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालसहितको टोली छलफलमा सहभागी बन्यो ।

मन्त्रालयले नै डीपीआर बनाउने परामर्शदाता छनौट गरेको थियो । झण्डै ७ महिना लगाएर बनाइएको डीपीआरमा सिटीहलको संरचना र लागतबारे उल्लेख सिटीहलको लागत ३ अर्ब कात्तिकमा टेण्डर, हतार नगर्न सांसद्को सुझाव गरिएको छ । “३ अर्ब लाग्ने अनुमान छ”, मेयर रेनु दाहालले भनिन्, “विगतमा ठाउँ पहिचान गर्नै सकस भयो, अब अलमल नगरी बनाउनुपर्छ ।” उनले महानगरले नै वातावरणीय प्रभाव मूल्यांकन ( ईआईए) प्रतिवेदन तयार गर्ने बताइन् ।

“असोज अन्तिमसम्म प्रतिवेदन आउनेछ, डिपिआरले साउन अन्तिममा पूर्णता पाउनेछ”, उनले भनिन्, “कार्तिकमै टेण्डर गर्ने योजना सहित अगाडी बढेका छौँ ।” उनले आवश्यक प्रतिवेदनहरु तयार गर्न ढिलाइ नगर्न सुझाइन् । “सिटीहल घोषणाको सुरुआती चरणमा निकै दुःख पायौँ”, उनले भनिन्, “अब कुनै अवरोध छैन, निर्माणको काम छिटो अगाडि बढाउनुपर्छ ।” उनका अनुसार ३ हजार १ सय जना अट्ने सिटीहलको क्षमता हुनेछ

“नेपाली पहिचानसहितको संरचना बन्नेछन्”, उनले भनिन्, “घरमा पाली भएजस्तो, नेपाली घरको आकृतिका सभाहल बन्नेछ ।” जिल्ला समन्वय समितिका प्रमुख बसेको क्वाटर क्षेत्रदेखि पूर्वतर्फ बाईपासरोड सडकसम्मको जग्गा उपलब्ध गराइएको थियो । जिससले ४ विघा ४ कठ्ठा जग्गाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको छ । साउन पहिले क्यान्सर अस्पतालको जग्गामा बनाउने भनिएको थियो । भदौ अन्तिममा राजनीतिक दलको समझदारीमा गेष्टहाउसको जग्गा माग भएको थियो ।

चर्को विरोध भएपछि मंसिर अन्तिम साता बल्ल जग्गा पहिचान भएको हो । महानगरका योजना महाशाखाका प्रमुख कुलबहादुर जिसीले डीपीआरबारे सुझाव लिएको बताए । “सुझाव लिइएको छ, डीपीआरमा आवश्यक संसोधन हुन्छ”, उनले भने, “डीपीआरले पूर्णता पाएपछि मन्त्रालयले निर्माणको काम अघि बढाउनेछ ।” सिटीहल बनाउन अघिल्लो वर्ष विनियोजित ५० करोड फ्रीज भएको थियो । ग्रामीण क्षेत्रमा सिटीहल बनाउन जग्गा खोजेपनि नपाएपछि महानगरले मध्यभागमै बनाउन लागेको हो ।

पार्किबबारे बेवास्ता नगरौँः सांसद् प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति सांसद् कृष्णभक्त पोखरेलले डीपीआरमा पार्किबलाई थोरै क्षेत्र तोकिन नहुने बताए । “पार्किब साँघुरो देखियो, २ सय मात्रै सवारी पार्किबले पुग्दैन”, उनले भने, “डीपीआरमा संरचना कता बन्छन्, कसरी बन्छन् स्पष्ट आएनन्, अपूर्ण देखियो ।” उनले ३ अर्ब लागत लाग्ने अनुमान डीपीआरमा गरिएको भएपनि चरणबद्धरुपमा सिटीहल बनाएमा मात्रै सफल हुने बताए ।

“सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको सभागृह चितवनलाई चाहिएको थियो”, उनले भने, “मन्त्रालयले बल्ल डीपीआर प्रस्तुत ग¥यो । तर, अझै तयार भइसकेको रहेनछ, ढिलाइ नहोस् ।” प्रदेश सांसद् विजय सुवेदीले दुई चरणमा सिटीहलका संरचना बनाउने गरी डीपीआर संसोधन गर्न सुझाए ।

“मञ्चसहितको सभाहल सुरुमा बनाउँ, दोस्रो चरणमा ससाना सभाहल बनाउँदा ठीक हुन्छ”, उनले भने, “एकैपटक सबै संरचना बनाउन खोज्दा बजेट अपुग हुनसक्छ, परियोजना नै अलपत्र नपरोस् भनेर सुरुबाटै सोचौँ ।” उनले पार्किबलाई निकै थोरै क्षेत्र निर्धारण गरेकोमा वैकल्पिक व्यवस्था सोच्नुपर्ने बताए । “गेष्टहाउस चौरमा बहुतले पार्किब गर्न अब लागौँ, खुला क्षेत्रमा कसरी पार्किब त्यो पनि सोचौँ”, उनले भने, “चितवनको ठूलो परियोजना हो, हतार गरेर होइन, भविष्य सोचेर बनाउँ ।”