रोजश बहुविवाहको आरोपमा पक्राउ

चितवन :  बहु विवाहको आरोपमा चितवनमा दुईजना पक्राउ परेका छन् । भरतपुर वडा नं. १ लायन्सचोक बस्ने राजेश गुरुङ र उनको कान्छी श्रीमती रस्मी सुनार लाई चितवन प्रहरीले पक्राउ गरेको हो । जेठी श्रीमती हुँदा हुँदै सोही वडा बस्ने रस्मी सुनारलाई गुरुङले दोश्रो विवाह गरी घर भित्र्याएको जाहेरीको आधारमा दुवैजनालाई चितवन प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।

जाहेरी जेठी श्रीमतिले दिएको थियो । पक्राउ परेका दुवैजनालाई मुलुकी अपराध संहिता २०७४ को परिछेद २१ को दफा १७१ अन्तरर्गत बहुविवाह कसुरमा चितवन अदालतवाट पाँचदिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।