क्रिकेट रंगशाला बनाउन चितवनका अभियन्ता एकजुट, गठन भो सहयोग समिति

 

चितवन : चितवन भरतपुरको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ मंगलबार थप अर्को एक सहयोग समिती गठन भएको छ । रंगशाला निर्माण अभियानलाई सहयोगार्थ चितवनमा रहेका बिभिन्न सामाजिक संस्थामा आबद्द अभियन्ताहरुको तर्फबाट सहयोग समिती गठन भएको हो ।

रंगशाला निर्माणस्थलमा मंगलबार धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल(धुर्मुस) र सामाजिक अभियन्ताहरुको बिशेष भेलाले अभियन्ताहरुको तर्फबाट ‘जिल्ला स्तरिय सहयोग समिती’ गठन गरेको हो । उक्त समितीको संयोजन सामर्थ्य नेपालका अध्यक्ष अर्जुन भुषालले गर्ने भएका छन् ।

समितीको सह संयोजक र उपसमिती भने आगामी बैठकले तय गर्ने बताईएको छ । यो समितीलाई १ हजार १ सदस्यीय बनाइने संयोजक अर्जुन भुषालले जानकारी दिए । उक्त कार्यक्रमा बोल्दै फाउण्डेसनका अध्यक्ष धुर्मुसले सामाजिक कार्यमा सकृय र उर्जाशिल युवाहरुलाई जोड्दै उक्त समिती गठन गरिएको बताए । उनले आज गठन भएको समिती फाउण्डेसनको नियमावली अनुसार गठित पहिलो समिती भएको बताए । उनले यो समितीले अन्य सहयोग समितीहरुलाई सहयोग गर्नुका साथै झक्झकाउने काम गर्ने बताए ।

समितीमा रहेका सामाजिक अभियन्ताहरुले चितवनमा धेरै राम्रो काम गरेर उदाहरण प्रस्तुत गरिसकेकोले रंगशाला निर्माण अभियानमा पनि उनिहरुको योगदान महत्त्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।यस अघो चितवनका सबै स्थानिय तहहरुमा सहयोग समिती गठन भईसकेको छ भने सोमबार मात्रै गैंडाकोटमा पनि सहयोग समिती गठन भईसकेको छ । यस्तै उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।