रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्धारा चितवनमा प्रर्दशन , चर्को आक्रोश (भिडियो)

चितवन :  न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।
लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याइएको हो

 

 

 

 

आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले बताए । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामीछाने सहित तीन जनाले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएपछि पक्राउ गरिएको हो ।