Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नवलपुरको अरुणखोलामा महिलाको शव शङ्कास्पद अवस्थामा फेला, हत्या आशङ्का

नवलपुरको अरुणखोलामा महिलाको शव शङ्कास्पद अवस्थामा फेला, हत्या आशङ्का

नवलपुर : नवलपुरको अरुणखोलामा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। शव बोरा (बेरा) भित्र पोको पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मध्यबिन्दु–१२ बाहुनीकुना स्थित पूर्व–पश्चिम राजमार्गको कल्भर्ट मुनी कुसुन्डे सिँचाइ नहरमा शव फेला परेको हो। मृतक मध्यबिन्दु–१० निवासी ३५ वर्षीया रिता मुसहर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

शरीरमा चोटपटक देखिएको हुनाले प्रहरीले हत्या भएको आशङ्कामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ। शव कृषि सामग्री कम्पनी लिमिटेड लेखिएको सेतो बेरा भित्र भेटिएको हो। स्थानीयले शवको खुट्टा मात्र देख्दा प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा प्रहरी उपरीक्षक युवराज खड्काको नेतृत्वमा टोली पुगेको छ र घटनास्थलको मुचुल्का तयार गर्ने तथा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij