Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ : काठमाडौँ र धनुषामा छुट्टाछुट्टै स्थानमा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–७ स्थित जङ्गलको बिचमा रहेको झोलुङ्गे पुलमुनि १८ वर्षीय अमर मणि चौधरीको शव बुधबार फेला परेको छ। रूपन्देही मायादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौँको कुलेश्वर बस्ने चौधरीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–९ केसरकुटीस्थित बलुवाखोला नजिक अर्का एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ९१ वर्षीय देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन । दुवै घटनास्थलमा प्रहरी पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij