Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माघे सङ्क्रान्तिको अवसरमा कावासोतीमा सांस्कृतिक मेला

माघे सङ्क्रान्तिको अवसरमा कावासोतीमा सांस्कृतिक मेला

नवलपुर : नवलपुरको कावासोतीमा माघे सङ्क्रान्तिको अवसरमा माघे सङ्क्रान्ति सांस्कृतिक मेला आयोजना गरिएको छ। कावासोती नगरपालिका–३ स्थित २८ बिगाहामा २८ बिगाहा युवा क्लबको आयोजनामा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

क्लबका अध्यक्ष मनोज अधिकारीका अनुसार २८ बिगाहामा यसअघि पनि माघे सङ्क्रान्ति विशेष कार्यक्रम हुँदै आएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिँदै कार्यक्रम आयोजना गर्न लागिएको हो । माघ एक गते सङ्क्रान्तिको दिन विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने उनले जानकारी दिए।

माघे सङ्क्रान्तिको अवसरमा स्थानीय संस्कृतिको प्रवर्द्धन, कलाकारहरूको प्रोत्साहन तथा युवाहरूलाई परिचालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक डम्बर बहादुर पुनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट