Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कांग्रेस विशेष महाधिवेशनः सभापति पदका लागि मनोनयन शुल्क कति ?

कांग्रेस विशेष महाधिवेशनः सभापति पदका लागि मनोनयन शुल्क कति ?

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनतर्फ जाने भएसँगै उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क निर्वाचन समितिले सार्वजनिक गरेको छ। समितिका अनुसार सभापति पदका लागि उम्मेदवारी दिन ३० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ। यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५–२५ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।

निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार उम्मेदवारहरूले निर्धारित समयभित्र मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।  विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने शुल्क निर्धारणले निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij