Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते

सुनसरी : विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक आज बिहान सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेहरू सबै बर्जु–१ का स्थानीय रहेका छन्। मृत्यु हुनेमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्।

प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार ट्रकमा चालकसहित ४ जना अगाडिको क्याबिनमा, पाँच जना पछाडि बसेका थिए। दुर्घटनामा पछाडि बसेका पाँच जनालाई ट्रकले बोकेको मार्बलले किचेर मृत्यु भएको हो। क्याबिनमा रहेका तीन जना घाइतेहरू विराटनगर–नसिंह होममा उपचाररत छन् भने चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij