Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

देउवा समूहले माघ ६ प्रतिनिधि सभा मनोनयन स्थगन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता

देउवा समूहले माघ ६ प्रतिनिधि सभा मनोनयन स्थगन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ : नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले माघ ६ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ।

शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार, शुक्रबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनसँगै निर्वाचन कार्यक्रम स्थगनको माग गरिएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायधिवक्ता खम्बबहादुर खाती र अधिवक्ता केशवराज जोशी निर्वाचन आयोगमा उपस्थित भएर निवेदन दर्ता गराएका छन्।

अधिवक्ता जोशीका अनुसार, “निर्वाचन आयोगको गत शुक्रबारको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिन्छ, त्यसैले सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो।”

निवेदनमा कांग्रेसले सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको उल्लेख छ।

निवेदनमा भनिएको छ कि निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को विभिन्न दफा (४३, ४४, ४५, ४६) अनुसार दुवै पक्षसँग छलफल नगरी एक पक्षको मात्र सुनुवाइ गरी निर्णय गरेको, जसले पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई निर्वाचनमा जानबाट बञ्चित गरेको देखिन्छ।

कांग्रेसले सर्वोच्च अदालतमा दायर रिट निवेदनका साथ माघ ६ गतेको पेशी तोकिएको पर्चा प्रतिलिपी समेत निवेदनसहित पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट