Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार हो : प्रचण्ड

विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार हो : प्रचण्ड

 काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन् । २८६२औं सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘सोनाम ल्होछार केवल नयाँ वर्षको उत्सव मात्र होइन यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो’, उनी भन्छन्, ‘डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ ।’

तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको भन्दै उनी थप्छन्, ‘यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो ।’ अहिले पनि सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी रहेको भन्दै उनले सोनाम ल्होसारले सबैलाई विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनाओस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij