Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

तीन मन्त्रीको राजीनामापछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै तोके जिम्मेवारी

तीन मन्त्रीको राजीनामापछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै तोके जिम्मेवारी

काठमाडौँ : मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए ।   

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । संविधान बमोजिम गरिएको उक्त निर्णय मंगलबारदेखि लागू भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा गरिएको उक्त निर्णयसँगै हाल शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij