Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं रास्वपामा, बालेनलाई सघाउने

कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं रास्वपामा, बालेनलाई सघाउने

दमक : कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंले बालेनलाई सघाउने भएका छन् । बालेनले  मनोनयन दर्ता स्थलमै प्रसाईंलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका प्रसाईंको रास्वपा प्रवेशलाई दमकको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रसाईं हाल दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराईका श्रीमान् हुन्। उनको पार्टी परिवर्तनसँगै झापा–५ को चुनावी माहोल थप रोचक बनेको छ। रास्वपाले पछिल्लो समय स्थापित दलका नेता तथा कार्यकर्तालाई आकर्षित गर्दै संगठन विस्तारमा तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट